शायद यो दुनियाँमा बर्गर मन नपर्ने मान्छे कम नै होला । बर्गरहरु धेरै प्रकारका हुन्छन र फरक फरक स्वादको पनि हुन्छ तर जापानको राजधानी टोकियोमा यस्तो बर्गर बनेको छ जुन विश्वको सबैभन्दा महंगो बर्गर हो जसको मूल्य सुन्दा सबै जना छक्क पर्न सक्छन् । यो बर्गरको मूल्य ९ सय डलर अर्थात् १ लाख रुपैयाँ रहेको छ । उक्त बर्गर Oak Door स्टीकहाउस नामक रेष्टुरेन्टका शेफ प्याट्रिक शिमादाले बनाएका हुन् ।
यो बर्गरको नाम गोल्डेन जाएन्ट बर्गर हो । यो बनाउनका लागि विभिन्न खालका चिजको प्रयोग गरिएको छ । यो बर्गर खान चाहनेले ३ दिन अगाडी बुकिंग गर्नु पर्दछ । यो बर्गरको मूल्य धेरै भएपनि यसको आकार र स्वाद पनि निकै गज्जब छ ।
प्रतिक्रिया दिनुहोस्