१८ वैशाख, काठमाडौं।
आईसिसीले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाली खेलाडिहरु माथि उक्लिएका छन्। टीट्वेन्टी अलराउन्डरमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का ३८ औँ स्थानमा छन्।
जारी आईपिएलमा विस्फोटक ब्याटिङ गरिरहेका आन्द्र रसेल भन्दा पारस अगाडि छन्। रस्सेल ४३ औँ स्थानमा छन्। क्रिस गेल ३५ औँ स्थानमा छन्। नेपालका सोमपाल कामी ४९ औँ नम्बरमा छन्।
शीर्ष सयभित्र नेपालका पारस र सोमपाल रहेका हुन्। बलिङ बरियतामा सोमपाल कामी ६८ र बसन्त रेग्मी ६९ औँ स्थानमा छन्। शीर्ष सय भित्र नेपालबाट पर्ने यी दुईमात्र हुन्। ब्याटिङतर्फ पारस खड्का नेपालबाट शीर्ष सयभित्र पर्ने एकमात्र खेलाडी हुन्। उनी ९४ औँ स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस्