१८ वैशाख, काठमाडौँ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन अब एक महिना बाँकी छ । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपबारे बिभिन्न चर्चा भइरहेका छन् । केही यस्ता खेलाडीको चर्चा भइरहेको छ, जसका लागि यो एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपको खेल करीअरको अन्तिम हुने छ । अन्तिम पटक विश्वकप खेल्ने पाँच खेलाडीको चर्चा यहाँ गरिएको छ ।
१.क्रिस गेल
वेष्ट इन्डिन्जका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहेका क्रिस गेलका लागि यो विश्वकप अन्तिम हुनेछ ।
२ .जेपी डुमिनी
दक्षिण अफ्रिकाका अलराउण्डर जेपी डुमिनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा देखिए पनि यो विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा मैदानमा देखिने छैनन् ।घाइते भएको केही समयपछि उनले एकदिवसीय फर्मेटबाट आफू अलग्गिने घोषणा गरेका थिए ।
३. इमरान ताहिर
विकेट लिएपछि हावामा हात फैलाउँदै तिव्रगतिमा कुँदेर सेलिब्रेसन गर्ने दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान यो विश्वकपपछि एकदिवसीय खेलमा मैदान देखिने छैनन् ।
४. सोयब मलिक
सधैँ एकनास प्रदर्शन गर्ने ब्याटसम्यानको परिचय बनाएका पाकिस्तानका कप्तान सोयब मलिकका लागि यो विश्वकप अन्तिम हुनेछ
५. डेल स्टेन
दक्षिण अफ्रिकन खेलाडी डेल स्टेन विश्व क्रिकेट जगतमा एक प्रख्यात खेलाडीको रुपमा रहेका छन् । उनी विश्वकै सबैभन्दा फास्ट र सबैभन्दा धेरै घातक बलिङ गर्ने खेलाडीको रुपमा चिनिन्छन् । गतवर्ष मात्र उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।