Logo

माओवादी केन्द्रको महाधिवेशन पुसमा



Spread the love

असार, २३ काठमाडौं ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबारदेखि जारी पोलिटब्युरोको बैठकले आगामी पुस २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न दश वटा माओवादी घटक तथा समूहको एकतापछि गठन भएको माओवादी केन्द्रले महाधिवेशनको मिति तय    गरेको maobadi kendraहो ।

“गाउँदेखि सुरु हुने सम्मेलन महाधिवेशनमा पुगेर सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको छ, पार्टीलाई सशक्त बनाउन गाउँ, नगर, जिल्ला तथा प्रदेशको सम्मलेन गर्ने, पार्टी एकतालाई मजबुत बनाउने गरी योजना तय भएको छ”–नेता दीनानाथ शर्माले  जानकारी गराउनु भयो।

माओवादी केन्द्रले सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।

भदौ १ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्