१८ वैशाख, विराटनगर ।
प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ लगायत अन्य पाँच जनालाई जिल्ला अदालत सुनसरीको आदेशपश्चात कारागार चलान गरिएको हो । न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको छ ।
गत चैत १० गते मोरङको कानेपोखरीबाट कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, गत चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, चैत १३ गते सुनसरीका रमेश खड्का र गत फागुन १५ गते हतियारसहित पक्राउ परेका देबकुमार साँवलाई प्रहरीले हिरासतमा लिएको थियो ।
लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो । तर, विप्लबका कार्यकर्ताले अदालतबाट छुटेलगत्तै पुन पक्राउ पर्ने जानकारी पाएपछि धरौटी जम्मा नगर्ने भन्दै कारागार गएको बताइएको छ ।