Logo

धनगढीमा महिलालाई आत्मरक्षा तालिम



Spread the love

१८ वैशाख, धनगढी

सांकेतिक तस्बिर

कैलालीको धनगढीमा महिलालाई ४ दिने आत्मरक्षा तालिम दिइएको छ । समाजमा दिनप्रति दिन बढिरहेको महिला तथा यौन हिंसा न्यूनीकरण गर्ने उद्देश्यले गुरुकुल सेक्युरिटी सर्विसेसको आयोजना तथा राष्ट्रिय गोजुरियो कराते दो संघको प्राविधिक र धनगढी उपमहानगरपालिकाको सहयोगमा उक्त आत्मरक्षा तालिम दिएको हो ।

समाजमा घट्ने महिला तथा यौन हिंसाका घटनामा पुरुषहरूसँग लड्नको लागि मात्र नभई कुविचार तथा गलत नियत भएका पुरुषबाट जोगिनलाई महिलाहरूलाई मार्सल आर्टस्‌को ज्ञान तथा सीप सिकाएको साथै महिलाहरूको आत्मबलमा वृद्धि हुने गुरुकुल सेक्युरिटीका अध्यक्ष तथा प्रशिक्षक प्रकाश कुमार चन्दले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्