साधारण स्वाथ्य भन्नाले कुनै पनि रोगहरुले शरीरमा आक्रमण नगर्नु हो l मानिसहरु स्वाथ्य रहनको लागि शरीरलाई फिट गराउनु जरुरि छ l किनकी एउटा स्वस्थ व्यक्तिले मात्र स्वस्थ समाज र राष्ट्रको निर्माण गर्न सक्छ । सो कारण फिटनेशप्रति ख्याल गर्नुपर्ने हुन्छ जसले आफ्नो सौन्दर्यलाई पनि कायम राख्दछ l
आफ्नो फिटनेशको कसरी ख्याल गर्न सकिन्छ ?
सन्तुलित भोजन: बाहिरको खान नखाई घरमा पकाएको खाना खाने गर्नु पर्दछ । र दिनमा ५ देखि ६ लिटरसम्म पानी पिउने बानी बसाल्नुपर्छ l
एक्सरसाइज: बिहानको समयमा १५ देखि २० मिनेट जति शरीरमा पसिना आउने गरी व्यायाम गर्नुपर्छ । जसले गर्दा शरीरलाई फुर्तिलो बनाउछ l
जिम: जिम गएमा विभिन्न रोग र शारीरिक कमजोरी हटदै जान्छ र मानिसको मांसपेशी र हड्डी बलियो बनाउने काम गर्छ ।
सकारात्मक सोच: व्यवहार र विचारमा सकारात्मक ल्याउनपर्छ जसका कारण मानिसको जीवनशैलीमा स्वतः परिवर्तन आउँछ ।
चिल्लो बन्देज: चिल्लो पदार्थले मानिसलाई ग्यास्ट्रिक, मोटोपन लगायतका समस्या निम्ताउँछ । धरै पिरो र अमिलो खानेकुरा सेवन गर्नाले शरीरमा विभिन्न समस्या उत्पन्न गराउँछ । सो कारण कम मात्रामा चिल्लो,अमिलो र पिरोको सेवन गर्ने l
पर्याप्त निद्रा: रातिसम्म अनिधो नबस्ने र आफ्नो शरीरमा पर्याप्त निद्रा दिने l यदी यसो नगर्नाले शरीर बोधो हुने र अल्छी लाग्ने हुन्छ l