Logo

आज शीर्ष स्थानको होडमा रहेको दिल्ली र चेन्नईबीच प्रतिस्पर्धा



Spread the love

१८ वैशाख, काठमाडौं ।
इन्डियन प्रिमिएर लिग ‘आइपीएल’ मा आज दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङसको सामना गर्नेछ । दुई खेल अगावै प्ले अफमा पुगेको दिल्ली र चेन्नई शीर्ष स्थानको होडमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्दैछ । चेन्नईको घरेलु मैदानमा खेल बेलुका ८ः१५ बाट सुरु हुनेछ ।

शीर्ष स्थान कब्जा गरिरहने लक्ष्यका साथ दिल्ली मैदान उत्रनेछ भने चेन्नई दिल्लीलाई हराउँदै शीर्ष स्थानमा पुग्ने रणनीतिमा रहनेछ । १२ खेल मध्ये ८ मा जितसहित १६ अंकका साथ दिल्ली शीर्ष स्थानमा छ । दिल्लीले ४ खेलमा हार बेहोरेको छ ।समान खेलबाट समान नतिजा निकालेको चेन्नई १६ अंक रहेपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

दिल्लीले नेपालका लेगस्पिनर सन्दीप लामिछाने प्लेइङ–११ मा समावेश गर्ने सम्भावना छ । यसअघि रोयल च्यालेन्जर्स बेङलोरविरुद्ध सन्दीप महंगा साबित भएका थिए । उनले ३ ओभरमा मात्र बलिङ गर्न पाएका थिए । तर उनको टोली जित निकाल्न सफल भएको थियो । कप्तान श्रेयस ऐयरले पुरानो टोलीलाई आज पनि निरन्तरता दिने सम्भावना रहेको छ ।

चेन्नइको सम्भावित प्लेइङ–११ः फाफ डु प्लेसिस, सेन वाट्सन, सुरेश रैना, अम्बाती रायडु, केदार जादभ, महेन्द्रसिँह धोनी तथा धरुभ सोरे, ब्राभो, रबिन्द्र जडेजा अथवा मिचेल, दिपक चाहर, हरभजन सिंह र इमरान ताहिर

दिल्लीको सम्भावित प्लेइङ–११ः पृथ्वी श, पार्थिक पटेल, शिखर धवन, श्रेयस ऐयर, रिसब पन्त, कोलिन इग्राम, सेरफन, अक्सर पटेल, सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो रबडा र इसान्त शर्मा ।

प्रतिक्रिया दिनुहोस्