Logo

खानासंग खानै नहुने चिजहरु जसको कारणले लाग्न सक्छ मुटुरोग



Spread the love

बढी जसो मानिसले खाना पश्चात् गुलियो चिज खाने गर्दछन् l तर,खानपछि गुलियो चिज खाँदा शरीरमा ग्लुकोजको मात्रा तीव्र रूपमा बढ्दै जान्छ। जसले गर्दा बोसोको मात्रालाई पनि बढाउँछ र मुटुरोगको सम्भावना बढ्दै जान्छ ।

यी कुराहरु नअपनाउदा मानिसलाई मुटुरोग लाग्ने गर्दछ ।

–सहि समयमा खाजा नखाँदा र लामो समयसम्म भोकै बस्दा मोटोपनाको समस्या हुन गई शरीरमा कोलेस्ट्रोल बन्ने क्रम पनि तीव्र हुन्छ । यसले गर्दा मानिसमा हृदयाघातको सम्भावना २७ प्रतिशतले बढेर जान्छ ।

–खाना खानेबित्तिकै गुलियो चिज खाँदा पनि शरीरमा ग्लुकोजको मात्रा तीव्र रूपमा बढ्छ । जसले बोसोको मात्रालाई पनि बढाउँछ र मुटुरोगको सम्भावना बढ्दै जान्छ ।

–बढी खुर्सानी र मसलेदार खानाको प्रयोगले रक्तरञ्चारमा असर पुर्याउनुको साथै हृदयाघातको सम्भावना बढ्छ । बढी तेैलीय खानेकुराले पनि शरीरको लागि उचित हुदैन जसले गर्दा हृदयाघातको सम्भावना पनि बढेर जान्छ ।

–दैनिक खानामा बोसो सहितको मासु समावेश गर्नाले पनि शरीरमा मोटोपनाको मात्रा बढ्दै गइ कोलेस्ट्रोल पनि बढ्ने भएकाले हृदयाघात हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्