Logo

राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण



Spread the love

१८ बैशाख,काठमाडौं ।

भारत सरकारले प्रमुख विपक्षी दल कंग्रेका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता भए नभएको स्पष्ट पार्न भनेको छ।

देशमा निर्वाचन भइरहँदा गान्धीविरुद्ध परेको एउटा उजुरीमा कारबाही अघि बढाउँदै भारतको गृह मन्त्रालयले उनलाई सो विषयमा स्पष्टीकरण दिन निर्देशन दिएको हो।

सत्तारूढ भारतीय जनता पार्टीका वकिल सुब्रमनियन स्वामीले गान्धीले पहिला आफूसँग ब्रिटिश राहदानी भएको दाबी गरेको भन्दै उजुरी दर्ता गरेका थिए।

कंग्रेस पार्टीले सो आरोपको खण्डन गरेको छ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्