जापानका नयाँ राजा नरुहितोले राजगद्दी सम्हालेका छन् । उनले गएराति औपचारिक रुपमा सिंहासन सम्हालेका हुन् ।
बुवा अकिहितोले आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् ।
नरुहितोलाई इम्पिरियलको च्याम्बरमा एक तलवार दिइयो, जुन वीरताको प्रतीक हो। साथै शाही खजाना पनि दिइएको छ जसको सांकेतिक अर्थ राख्ने विधि मानिन्छ ।
नरुहितो नयाँ राजा बने पश्चात जापानमा ‘रेवा’ अर्थात् ‘नयाँ युग’ सुरु भएको मानिन्छ । जापानमा नयाँ राजा पाएको खुसियालीमा २२ अक्टुबरसम्म बिभिन्न समारोह आयोजना भइरहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाइएका छन् ।
५९ वर्षीय नरुहितो सामु आफ्नो परम्पराको बीच शाही परिवारलाई आधुनिक बनाउने, समकालीन जापानमा आफ्नो प्रासंगिकता कायम राख्ने साथै बुवा अकिहितोको विरासत जोगाउने चुनौतीहरु आएका छन् ।
प्रतिक्रिया दिनुहोस्