१८ बैशाख, काठमाडौँ ।
१३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।
विगतझैं आज विविध कार्यक्रमका साथ यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । यो दिवसका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।
अहिलेको नयाँ संविधानमा व्यवस्था भएको श्रमिक हकअधिकारका व्यवस्था कार्यान्वयनमा यस वर्षको दिवस केन्द्रित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्