Logo

सत्यमोहन जोशीको जन्मदिनको दिनमा ललितपुरमा सार्वजनिक विदा



Spread the love

१७ वैशाख, काठमाडौं ।
नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका सत्यमोहन जोशीको सय वर्ष पुगेको उपल्क्ष्यमा ललितपुर महानगरपालिकाले जन्मशताब्दी मनाउन एक वर्षभर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

सँस्कृतिविद जोशी वैशाख ३० गते सय वर्ष पुग्दैछन् । त्यस दिन ललितपुर महानगरपालिकाले स्थानीय सरकारको सहमतिमा महानगरपालिकाभर सार्वजनिक विदा दिएको छ । २०७६ वैशाख ३० गतेदेखि २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने पनि बताएको छ ।

‘पाटनको एउटा सामान्य परिवारमा जन्मिएको व्यक्तिले आफ्नै मेहेनतमा देशको गरिमालाई उच्च बनाउन निर्वाह गरेको योगदानको सम्मानस्वरुप जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको हो’ महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्