Logo

बहिनीले आत्महत्या गरेपछि दिदीले दिइन् बुबाबिरुद्ध उजुरी



Spread the love

१७ वैशाख, विराटनगर । मोरङमा १० वर्षीया बालिकाले आत्महत्या गरेपछि बुवाबिरुद्ध बलात्कारको प्रयास गरेको उजुरी परेको छ । मोरङ बेलबारी बस्दै आएकी बालिकाले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुवाबिरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी छिन् ।

बालिकाको उजुरीपश्चात सोमबार नैझड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । बुबालाई जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ ।

घटना बाहिर आए बदनाम हुने भन्दै आफन्तले घटनालाई घरभित्र नै थामथुम पारेका थिए । आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले झड्केलो बुबाबिरुद्ध उजुरी दिएकी हुन् ।

आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि ति बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्