Logo

गम्भिर अवस्थामा पुगेका काङ्रेस महामन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार



Spread the love

असार, २३ काठमाडौं ।

Shashank-Koiralaनेपाली कांग्रेसका महामन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका छन ।

बुधवार बिहान देखी भेन्टिलेटरमा राखिएका उनलाई बिहीबार दिउँसो देखी भेन्टिलेटरबाट निकालिएको छ ।

साँझ अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको स्वास्थ्य निकै सुधार आएको बताएको छ।

कोइरालालाई कुनै सङ्क्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।
स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भए पनि अझै खतरामुक्त भने छैन। कोइराला मंगलबार साँझ ओम अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्