१७ वैशाख, पोखरा।
गोरखाको मनास्लु पदमार्गमा लडेर एक रसियन नागरिकको मृत्यु भएको छ। मंगलबार चुम भ्याली गई फर्कने क्रममा चुमनुब्री गाउँपालिका ३ को भिरबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिए ।
मृत्यु हुनेमा ६४ वर्षका जेटसेभ एलेक्सएण्डर रहेका छन् । घटनास्थलमा प्रहरी अझै पुगेको छैन ।
प्रतिक्रिया दिनुहोस्