१७ वैशाख, काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने खेलमा प्लेअफबाट बाहिरिसकेको रोयल च्यालेन्जर्स बैंगलोर र सातौँ स्थानमा रहेको राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार बेलुका ८: १५ बाट सुरु हुनेछ।
यदि आजको खेलमा बैंगलोरसँग पराजित भएमा राजस्थानको प्लेअफ पुग्ने सम्भावना सकिने छ। अब राजस्थानको प्लेअफ पुग्ने गणितीय सम्भावना मात्रै बाँकी छ।
सातौँ स्थानमा रहेको राजस्थानको १२ खेलबाट १० अंक छ भने बैंगलोरको १२ खेलबाट ८ अंक मात्रै रहेको छ।
पछिल्लो चार वर्षमा बैंगलोरले राजस्थानलाई पराजित गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्