१७ वैशाख, काठमाडौं ।
चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परेर निधन भएको छ। खेलपश्चात फर्कने क्रममा खेलाडी बोकेको बस दुर्घटना हुदा उनको मृत्यु भएको हो।
टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटना हुदा अस्पतालमा उपचारका क्रममा २८ वर्षीय सुरालको निधन भएको हो। उनले चेकबाट २० खेल खेल्दै १ गोल गरेका थिए।
लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर पनि उक्त दुर्घटनामा परेका थिए तर उनलाई भने कुनै शारीरिक चोट लागेन। क्लबका अध्यक्ष हसान काभुसोग्लुका अनुसार बसका चालक निदाएका कारण दुर्घटना भएको थियो।
सुराल बाहेक अन्य ६ खेलाडी घाइते भएपनि उनीहरुको स्वास्थ अवस्था भने सामान्य रहेको छ । सुराल यसै जनवरीमा मात्र क्लबसँग आबद्ध भएका थिए।
प्रतिक्रिया दिनुहोस्