Logo

१२ अर्ब ५० करोड लगानीमा नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरिँदै



Spread the love

१७ वैशाख, नेपालगन्ज।

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका जेट विमान उडान भर्ने गरी गुरुयोजना (माष्टरप्लान) तयार गरिएको छ ।

विमानस्थलबाट ठुला–ठुला जेट र बोइङ विमानहरू समेत उडाउने लक्ष्यका साथ नागरिक उड्डयन प्राधिकरणले १२ अर्ब ५० करोड लगानीको गुरुयोजना तयार पारेको हो । ५८ वर्षअघि सञ्चालनमा आएको नेपालगन्ज विमानस्थलमा पहिलो पटक यति ठुलो लगानीको योजना तयार गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ ।

गुरुयोजनामा चार चरणमा काम पूरा गरिने उल्लेख गरिएको छ भने पहिलो चरणको बिस्तार कार्य अगाडि बढाइसकेको छ । विमानस्थल परिसरमा निर्माण कार्य अगाडि बढिसकेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्