७ बैशाख, सर्लाही।
सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा इनारमा खसेका सानुमान जिम्बाको पाँच दिनपछि जीवितै उद्धार गरिएको छ।
पाँच दिनदेखि हराईरहेका स्थानीय ५५ वर्षीय सानुमान जिम्बाको नेपाली सेना र नेपाल प्रहरीको टोलीले सोमबार जीवितै उद्धार गरेको हो। इनारमा मान्छे खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि सेना र प्रहरी घटना स्थलमा पुगेका थिए।
जिम्बालाई ३० फिट गहिरो पानी सुकेको इनारबाट जीवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । १२ गते बारीमा गएको बेला हुण्डरी आउँदा आफू इनारमा खसेको जिम्बाले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्