रियल म्याड्रिडका पूर्व खेलाडी इम्यानुएल आडेबायोरले आफू रियल म्याड्रिडमा रहँदा क्रिस्टियानो रोनाल्डो र जोसे मोउरिन्होबीच भएको एक घटना सार्बजनिक गरेका छन् । सन् २०११ मा आडेबायोर रियल म्याड्रिड पुगेका थिए ।
रियलबाट कोपा डेल रे उपाधि जितेका आडेबायोरले आफू रियल छँदाको एक अनुभव बताए । उनले रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक मोउरिन्होले ह्याट्रिक प्रहार गर्दा पनि रोनाल्डोलाई गालि गरेको देख्दा आफु अचम्मित भएको बताए । मोउरिन्होले सधैं आफ्नो खेलाडीबाट धेरै अपेक्षा गर्ने गरेको उनको बुझाइ थियो ।
‘ पहिलो हाफमा ३-० ले अगाडी थियौं र रोनाल्डोले ह्याट्रिक पुरा गरेका थिए । तर मोउरिन्होले रोनाल्डोलाई नराम्रोसँग गालि गरे । उनले ड्रेसिङ रुम प्रवेश गर्नेबितिक्कै फ्रिजमा लात हाने र पानीको बोतल ढलाउँदै हामीलाई गालि गरे,’ उनले भने ।
आडेबायोरले आफ्नो करिअरमा आर्सनलबाट पनि खेलेका थिए ।