१६ वैशाख, काठमाडौं ।
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मामाथि खेल विपरीत अनुचित व्यवहार गरेको भन्दै जरिबाना लगाइएको छ । आईपीएल अन्तर्गत आइतबार राति भएको कोलकाता विरुद्धको खेलमा आउट भए पछि अम्पायरको निर्णयको विरोध जनाउँदै रोहितले स्टम्पमा ब्याट्ले हानेका थिए ।
रोहितको यो व्यवहारलाई इण्डियन प्रिमियर लिगको आचारसंहिता उल्लंघन मान्दै उनीमाथि खेलको शुल्कको १५ प्रतिशत जरिबाना लगाइएको हो ।
यो खेलमा रोहित ह्यारी गुर्नेको बलमा एलबीडब्ल्यू आउट भएका थिए । रोहितले अम्पाएरको निर्णयलाई नकार्दै डीआरएस लिएका थिए र थर्ड अम्पायरले पनि उनलाई आउट नै दिए ।
प्रतिक्रिया दिनुहोस्