Logo

परीक्षामा जाने विद्यार्थीहरूलाई अवरोध पुर्याउदा ११ विद्यार्थी पक्राउ



Spread the love

१६ वैशाख, काठमाडौं ।
पोखरा विश्वविद्यालयका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यालयले आज सञ्चालन गरेको परीक्षामा जाने विद्यार्थीहरूलाई अवरोध पुर्‍याउने गतिबिधि गरेको भन्दै विद्यार्थीहरुलाई नै प्रहरीले नियन्त्रणमा लिएको हो।

पोखरा विश्व विद्यालय अन्तर्गतका ४२ वटा क्याम्पसमा डी प्लस आएका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गराउन नहुने भन्दै विद्यार्थी आन्दोलित भएका छन्।

प्रहरीले सुस्मा गौतम, विकास रानाभाट, फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, राधव तिवारी, मदन साउद, अशोक तिवारी, सरोज शाह, प्रवीण ओझा, असिम पौडेललाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्