१६ वैशाख, सप्तरी ।
सेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीका एक वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।
सोमबार बिहान जग्गा मोही छुटाउन सिफारिस गर्दिन्छु भन्दै सुरुङा–५, कुसहाका सेवाग्राहीसँग २५ हजार लिइरहेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्