१६ वैशाख, काठमाडौं ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा बर्नलीलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरसंग पराजित भएको छ ।
बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोको गोल नै निर्णायक सावित भयो । यस जितसँगै सिटी लिभरपुललाई उछिन्दै शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा लेस्टर सिटीले आर्सनललाई ३-० ले पराजित गरेको हो । गोलरहित रहेको पहिलो हाफपछि लेस्टरले आर्सनललाई दोस्रो हाफमा ३ गोल गर्यो । उसका लागि फरवार्ड जेमी भार्डीले २ तथा युरी टिलेमान्सले सुरुवाती गोल गरे ।
अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्