Logo

रसेल चम्किदा कोलकता नाइट राइडर्स विजयी



Spread the love

१६ वैशाख, काठमाडौं ।
वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल चम्केपछि इन्डियन प्रिमियर लिगको ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले पराजित गरेको छ ।आइतबार राती भएको खेलमा २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट नोक्सानीमा १ सय ९८ रन बनाउन सक्यो ।

मुम्बईका लागि हार्दिक पान्ड्याले विश्फोटक ब्याटिङ गर्दै ९१ रन बटुले पनि टोली हारबाट बच्न सकेन । हार्दिकको एक्लो प्रयास टोलीको लागि पर्याप्त रहेन । त्यस्तै कुनाल पान्ड्या २४,काइरन पोलार्ड २०,सुर्य कुमार यादव २६,इभिन लुईस १५ र कप्तान रोहित शर्मा १२ रनमा आउट भए । कोलकताका आन्द्रे रसेल,हेरी गुर्नीले समान २ विकेट हात पारे ।

त्यस अघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । कोलकताका लागि विशाल योगफल बनाउन क्रममा आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मैदानमा चौका र छक्काको वर्षा गराए । रसेलले ४० बलमा ८० रन जोड्दै अविजित रहे ।

कोलकताका लागि युवा खेलाडी सुभमन गिलले पनि ४५ बलको सामना गर्दै ४ छक्का र ६ चौका सहित ७६ रनको महत्वपूर्ण योगदान दिए । गिल र लिनले ९.३ ओभरमा पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकतालाई विशाल लक्ष्य तर्फ लम्काएका थिए । मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्