१६ बैशाख, राजविराज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार (आज) बिहान सप्तरीमा एकजना वडाध्यक्षलाई २५ हजार रुपैया घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष मो शिल्टु मिया रहेका छन् । उनलाई घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिइएको बारे मुचुल्का उठाउने काम पछि थप कुरा खुल्ने सुरक्षा स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्