Logo

दिल्लीद्वारा बेंगलोरलाई १८८ रनको विशाल लक्ष्य प्रस्तुत



Spread the love

१५ वैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिगको ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ८७ रन बनायो ।

दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे । कप्तान श्रेयस ऐरले ३७ बलमा ५२ रनमा बनाउदै आउट भए । ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनकोे साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दिल्लीका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफल सम्म पुर्याए ।

बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्