१५ वैशाख, काठमाडौँ ।
भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा परि कम्तीमा १० जनाको मृत्यु भएको छ। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको छ।
शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन्। घाइतेहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन्।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। दुर्घटनामा परी चालक पनि घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्