Logo

अभिनेता किरण केसीको नाममा बन्यो ‘राता मकै’ गेट



Spread the love

१५ वैशाख, काठमाडौँ l

हास्यकलाकार किरण केसीले अभिनयमार्फत पाएकोे उपनाम हो ‘राता मकै’। किरणले यही नामबाट ललितपुरको इमाडोल प्रवेशद्वारमा गेट निर्माण गरेका छन् । उनले निर्माण गरेको राता मकै गेटलाई ललितपुरस्थित लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

मेयर श्रेष्ठले ‘राता मकै गेट’को उच्च प्रशंसा गरेका थिए l कलाकार हरिवंश आचार्यले पनि किरणको समाजसेवालाई प्रशंसा गरे । कार्यक्रममा बोल्दै किरणले आफूले नाम कमाउनका लागि यस्तो काम नगरेको बताए ।

हास्य कलाकारले लक्ष्मीनगरपालिकालाई ‘राता मकै’ गेटले चिनाउने आशा व्यक्त गरे । लामो समयदेखि सामाजिक कार्य गर्दै आएको बताउँदै हास्यकलाकार किरण केसीले समाजसेवा गरेर नाम कमाउने उद्देश्य नभएको बताए l गेट निर्माणका लागि करिब ६ लाख खर्च भएको केसीले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस्