Logo

बागलुङमा सडक स्तरोन्नति गर्ने कार्य शुरु



Spread the love

१५ वैशाख बलेवा।
बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो ।

चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी कूल रु एक करोड ३७ लाख बराबरको बजेटमा सडकको स्तरोन्नतिको काम थालिएको हो । हाल रहेको एकतर्फी सडक चौँडा गरेर आठ मिटर बनाएपछि दोहोरो गाडी गुड्न सक्ने बनाइनेछ ।

यो सडकमै यसै आर्थिक वर्षमा पक्की नाली र पर्खाल पनि बनाइनेछ । ग्रेड नमिलेका केही स्थानको २०० मिटर खण्डमा सडकलाई ढलान गरी सुधार गरिने ठेकेदार कम्पनी विके कन्सट्रक्सनका प्रमुख प्रकाश घर्तीमगरले बताए ।

यो सडकको स्तरोन्नतिपछि दक्षिण बागलुङका दर्जन बढी गाउँमा आवतजावत सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताएका छन् ।

साँघुरो सडकका कारण अहिले यात्रुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । शनिबार प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले सडकको शिलान्यास गरे ।

सांसद पाठकले कानून निर्माणमा व्यस्त हुनुपर्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको बताउँदै आगामी दिनमा विकास निर्माणको काममा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्