१४ बैशाख, काठमाडौ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर
महानगरपालिकाले शनिबार (आज) दिउँसो डोजर लगाएर भत्काइएको छ ।
खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै चौतर्फी विरोध र दवावका कारण काठमाडौं महानगरपालिका खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काउने निष्कर्षमा पुगेको हो ।
महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।
खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका र अरु संरचनापनि विस्तारको तयारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्