पछिल्लो समय निकै चर्चामा आएकी अभिनेत्री हुन् प्रियंका कार्की । चलचित्र ‘दाल भात तरकारी’मा उनी आइटम डान्सको भूमिकामा रहेकी छन् भने गीतमा हट डान्स ‘एन्टिबायोटिक खाउला’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा हरिवंश आचार्यको शब्द रहेको छ भने शम्भुजित बास्कोटाले संगीत भरेका छन् । मिना निरौलाको स्वर सजिएको छ ।
चलचित्रमा मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी रहेका छन् । हरिवंश आचार्यको लेखन रहेको छ । चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् भने चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् ।
भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :
https://youtu.be/hqKVKAj6KU8
प्रतिक्रिया दिनुहोस्