१३ वैशाख, काठमाडौँ ।
फुटबल एसोसिएसन (एफए) ले लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई ८ हजार पाउन्ड जरिवाना सुनाएको छ ।
प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा गलत व्यवहार गरेपछि उनलाई रेफ्रीले टर्च लाइनबाट बाहिर पठाएका थिए । गत सोमबार राति भएको खेलको इन्ज्युरी समयमा उनले रेफ्रीमाथि नराम्रो व्यवहार गरेका थिए ।
उनले गलत ब्यवहार गरेको पुष्टि भएसँगै एफएले जरिवाना सुनाएको हो ।
प्रतिक्रिया दिनुहोस्