Logo

गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह



Spread the love
 

१३ वैशाख, गोरखा ।

सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् ।

भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज विहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरे ।

“दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उनले भने, “पुनःनिर्माणमा ढिलाइ हुदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ ।”

उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कत्ती पनि नबिग्रने गरी गर्नुपर्नेमा जोड दिए ।

सभामुख महराले आजै गोरखा जिल्लाको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार सङ्ग्रहालयको समेत अवलोकन गरे ।

प्रतिक्रिया दिनुहोस्