Logo

राजस्थानसँग कोलकत्ताको हार



Spread the love

१३ बैशाख, काठमाडाैँ – राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ ।बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो ।

इडेन गार्डेनमा कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए ।

जोफ्रा अर्चार २७ रनमा अविजित रहे । कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्