निर्देशक दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘छ माया छपक्कै’मा अभिनेत्री केकी अधिकारी आउने सम्भावना रहेको छ । उनीले यस अगाडी नै दिपेन्द्रको निर्देशनमा बनेको चलचित्र ‘घामपानी’ मा अभिनय गरिसकेकी छिन् ।
चलचित्र यहि जेठको पहिलो हप्ताबाट छायाँकन सुरु हुने निर्देशक दिपेन्द्रले बताएका छन् । चलचित्रको मुख्य भूमिकामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायत कलाकार फाइनल भएका छन् भने अझै निर्माण टिम अन्य कलाकाको चयनमा जुटेका छन् ।
निर्माण टिमले चलचित्रमा एकमात्र नायिकाको लागि केकीसँग कुरा अगाडी बढाई रहेको बुझिएको छ । जसलाई निर्माण टिमले सार्वजनिक गरिसकेको छैन ।
चलचित्र ‘छ माया छपक्कै’ आउदो दशैंमा मात्र प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्