१२ वैशाख, काठमाडौं । प्रहरीले प्रयोगकर्ताको कागजातविनै सीम बेच्ने दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल रहेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए ।
दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेल र एनटीसीको सीम कार्ड विक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्