१२ बैशाख, काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको बलियो योगफल बनायो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको जोडे । त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे ।
बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे ।
२३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्याण्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ ।
प्रतिक्रिया दिनुहोस्