११ बैशाख, काठमाडौ ।
बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार धादिङको नौबिसे केन्द्रविन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन । भूकम्प मापन केन्द्रका अनुसार यि दुबै पराकम्प भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्