१० चैत्र, काठमाडौँ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । भैरहवा निवासी ताम्राकार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा दिउँसो निधन भएको हो ।
ताम्राकारको स्वास्थ्य स्थिति निक्कै गम्भीर भएकोले चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सर र निमोनियासंग लडिरहेका थिए ।
स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ताम्राकार २०४८ र २०५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्