१० वैशाख, काठमाडौँ।
इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। पछिल्लो हारको बदला लिने रणनीतिका साथ चेन्नई मैदान उत्रनेछ ।
लगातारको हारपछि दबाबमा रहेको चेन्नई सुखद नतिजासहित शिर्षस्थान रहने गर्ने दाउमा हुनेछ । हैदराबाद पछिल्ला खेलमा निकालेको विजय नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ । चेन्नईको घरेलु मैदानमा खेल बेलुका ८ः१५ बजे सुरु हुनेछ ।
चेन्नई १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान १४ अंक भएपनि रनरेटका आधारमा दिल्ली क्यापिटल्स लिग तालिकाको शिर्ष स्थानमा छ । हैदराबाद ९ खेलबाट १० अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्