१० वैशाख, काठमाडौँ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
खेलको आठौं मिनेटमा जेफ हेन्डरिकले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १२औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।त्यसको दुई मिनेट पछि नै गोन्जलो हिगुआइनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । तर, २४औं मिनेटमा एस्ले बार्नेसले गोल गरेपछि पहिलो हाफमा २–२ गोलको बराबरीमा सकिएको थियो ।
घरेलु मैदानमा चेल्सीले ६७ प्रतिशत बल पोजेसन राखेपनि जित निकाल्न सकेन । चेल्सीले दोस्रो हाफमा बर्नलीको बलियो रक्षापङ्ति तोड्न सकेन । चेल्सीलाई बराबरीमा रोकेको बर्नलीको ४० अंक जोडेर १५औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्