१० वैशाख, काठमाडौँ।
इन्डियन प्रिमियर लिगको ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्षस्थानमा उक्लिएको छ । १ सय ९२ रनको बिजयी लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको नोक्सानीमा पुरा गर्यो । दिल्लीको जितमा ऋषभ पन्तले ३६ बलको सामना गर्दै ७८ रनमा अविजित रहे । त्यस्तै ओपनर शिखर धवनले २७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ तथा पृथ्वी शा ४२ रनमा आउट भए ।
राजस्थानका श्रेयस गोपाल २,धवन कुलकर्णी र रियान परागले समान १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । ५८ बलमा शतक पुरा गरेका रहाणेको यो आईपीएल करियरकै सवोत्कृष्ट प्रर्दशन समेत हो ।रहाणे ६३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे पनि त्यो जितको लागि प्राप्त रहेन। अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजस्थानलाई विशाल योगफल सम्म पुर्याए ।
दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा,क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए ।
योसँगै दिल्लीले ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।