९ वैशाख, काठमाडौं ।
सोमबारको ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न प्रदेश ३ सरकारले स्वीकृति दिएको छ । प्रचलित कानुन बमोजिम आवश्यकताअनुसार खरिद गर्ने गरी मन्त्रिपरिषदको बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।
३७ वटा स्थानीय तहलाई सरकारले एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शवबाहन माग भएकोले सोही अनुसार खरिद गर्न अनुमति दिएको छ।
नीति तथा योजना आयोगको सदस्यमा डा. यमुना कँडेल खनाललाई नियुक्त गरेको छ । नवनियुक्त सदस्य डा. कँडेललाई आजै मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण गराएको हो ।
प्रतिक्रिया दिनुहोस्