९ वैशाख, काठमाडौं ।
पाँच पटकका युरोपियन गोल्डेन बुट विजेता लियोनल मेस्सी यस सिजन छैठौं गोल्डेन बुट जित्ने दाउमा रहेका छन् । तर उनका लागि मुख्य चुनौतीको रुपमा पिएसजीका युवा स्ट्राइकर केलिएन एमबाप्पे आएका उभिएका छन् । जसले रुस विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड हात परेका थिए।
घरेलु फुटबल लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले युरोपियन गोल्डेन बुट प्राप्त गर्ने छन् । ला लिगामा बार्सिलोनाबाट ३३ गोलसहित ६६ अंक भएको मेस्सी युरोपियन गोल्डेन बुटका लागि मुख्य दाबेदार हुन्। एमबाप्पेले लिग वानमा ३० गोलसहित ६० अंक बदुल्दा मेस्सीभन्दा ३ गोलले मात्र पछि परेका छन् ।
घरेलु लिगमा दुवैले समान ५–५ खेल खेल्न बाँकी छ। गोल्डेन बुटका लागि यस सिजन मेस्सी र एमबाप्पेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपी अवस्थालाई विश्लेषण गर्दा एमबाप्पेले मेस्सीलाई यस अवार्डमा पछाडि पार्न सक्छन्।
च्याम्पियन्स लिग महत्वपूर्ण लिग भएका कारण पनि बार्साले मेस्सीलाई अवश्य आराम दिनेछ। त्यसको फाइदा भने अवस्य एमबाप्पेलाई हुनेछ । मे ८ मा बार्सा र लिभरपुलबीच च्याम्पियन्स लिग फाइनल प्रवेशको निर्णायक खेल हुनेछ।
यस सिजनका गोल्डेन बुट दाबेदारहरु
१. मेस्सी–बार्सिलोनाः ३३ गोल, ६६ अंक
२. एमबाप्पे–पिएसजीः ३० गोल, ६० अंक
३. फाबियो क्वागलियारेल्ला–साम्पदोरियाः २२ गोल, ४४ अंक
४. एम्ब्या डेग्नी–ग्यालाटासारेः २८ गोल, ४२ अंक
५. रोवर्ट लिवानडोस्की–बायन म्युखिनः २१ गोल, ४२ अंक
६. किर्जिस्तोफ पेइटेक–एसिमिलानः २१ गोल, ४२ अंक
७. करिम बेन्जेमा–रियल मड्रिडः २१ गोल, ४२ अंक
८. लुक डि जोङ–पिएसभीः २७ गोल, ४०.५ अंक
९. लुइस स्वारेज–बार्सिलोनाः २० गोल, ४० अंक
१०. डुभान जापटा–एटलान्टा २४ गोल, ४० अंक
११. क्रिस्यिानो रोनाल्डो–युभेनट्सः १९ गोल, ३८ अंक