९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला आईपीएलको लागि दिल्लीमा व्यस्त भईरहेको छन् । दिल्ली क्यापिटल्सबाट आईपीएल खेलि रहेका सन्दीपले गत शनिवार पन्जावविरुद्ध ४ ओभरमा ४० रन खर्चदै ३ विकेट हात पारेका थिए । सन्दीपले विश्व क्रिकेटमै विष्फोटक ब्याटिङ गर्ने क्रिस गेल, भारतीय टोलीका ओपनर र इंग्ल्यान्डका युवा अलराउण्डरलाई आउट गरेका थिए ।
उक्त खेलपछि सन्दीपले पत्रकार सम्मेलनमा भने,’आईपीएलबाट धेरै सिकीरहेको छु । म नेपाली क्रिकेट प्रति आभारी छु । नेपाली क्रिकेटमा राम्रो गरेकै कारण गतवर्ष दिल्लीले टोलीमा अनुबन्ध गरेको थियो । आईपीएल खेलेदेखि पछि फर्केर हेर्नु परेको छैन ।’
दिल्लीले सन्दीपलाई १० खेल मध्य ५ मा मौका दिदा अन्य पाँच खेलमा बेन्चमा राखेको थियो । सन्दीपले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्