Logo

बेंगलोरको चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित



Spread the love

९ वैशाख, काठमाडौं ।
इन्डियन प्रिमियर लिगको ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित निकालेको छ ।
१ सय ६२ रनको विजयी लक्ष्य पछाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६० रन बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह धोनीले ३ छक्का र १ चौका सहित २४ रन मात्र बटुल्न सके ।

उमेश यावदलाई पहिलो बलमा चौका,दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा दुई रन लिए । पाँचौ बलमा धोनीले छक्का प्रहार गरे । अन्तिम बलमा रन लिने क्रममा सार्दुल ठाकुर रन आउट भएपछि चेन्नई पराजित हुन पुगेको हो । धोनी ४८ बलमा ७ छक्का र ५चौका प्रहार गर्दै ८४ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् ।

बेंगलोरका डेल स्टेन र यादवले समान दुई विकेट लिए । त्यस्तै नन्दीप सैनी र युजवेन्द्र चाहलले समान एक विकेट हात पारे ।

त्यस अघि घरेलु मैदानमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । बेंगलोरका लागि ओपनर पार्थिव पटेलले सर्बाधिक ५३ रन बनाए । तेस्रो ओभरको तेस्रो बलमा दिपक चाहरले कप्तान महेन्द्रसिंह धोनीबाट विराट कोहलीलाई ९ रनमा क्याच आउट भए । सातौ ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले फाफ डु प्लेसिसबाट बाउन्ड्री लाईन नजिकै एवी डी भिलियर्सलाई २५ रनमा उत्कृष्ट क्याच आउट गराए । डी भिलियर्सले १९ बलमा ३ चौका र १ छक्का प्रहर गरे ।

अक्षदीप नाथ २४,मार्कस स्टोइनिस १४ र पवन नेगीले ५ रनमा आउट भए । मोईन अलीले १६ बलमा ५ चौका सहित २६ रन बटुले । चेन्नईका रविन्द्र जडेजा, ड्वेन ब्राभो र दिपक चाहरले समान २ तथा इमरान ताहिरले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्