Logo

तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लियो



Spread the love

९ बैशाख, काठमाडौँ ।

काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लिएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो ।

जहाज ल्याण्ड गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर रन वेको पश्चिमतर्फको घाँसे मैदानतर्फ गएर रोकिएको छ । जहाजमा सवार सबै यात्रुहरु र चालक दलका सदस्यहरु सकुसल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी र्दिए । उनले भने ‘जहाज ल्याण्ड गर्ने क्रममा जहाजको एउटा हाइड्रोलिक फेल हुँदा जहाजमा ब्रेक नलागेर उक्त दुर्घटना भएको हो ।’ दुर्घटनाबाट जहाजको अगाडीको भागमा क्षति पुगेको उनले बताए।

जहाज दुर्घटनापछि रामेछापबाट सोलुखुम्बुको फाप्लु तर्फका सबै उडानहरु अहिले पूर्णरुपमा बन्द गरिएको छ । जहाज रनवेबाट नहटाएसम्म आजका उडानहरु बन्द गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्