९ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड एभरटनको घरेलु मैदानमा ४-० को फराकिलो अन्तरले पराजित भएको छ ।
खेलको १३ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभरटनले गोलको खाता खोलेको थियो । २८ औं मिनेटमा इड्रीसा गेयेको पासमा गिल्फी सिगर्डसनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोल गरेको एभरटनले दोस्रो हाफमा पनि २ गोल गर्यो ।
५६ औं मिनेटमा लुकास डीग्नेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई सिधै गोलमा परिणत हुदै ३-० को अग्रता कायम गर्यो। त्यसको ८ मिनेटमै सिगर्डसनको थ्रु पासलाई सदुपयोग गर्दै वालकटले एभरटनलाई ४-० ले अगाडी बढाए ।
यस नतिजासँगै युनाइटेडले शीर्ष ४ मा प्रवेश गर्ने मौका गुमाएको छ । युनाइटेडले ३४ खेलमा ६४ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्